Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह राष्ट्रिय

एसइई परीक्षा सञ्चालनमा अन्योल, शैक्षिक-सत्र सर्ने सम्भावना

भदौमा भरिने परीक्षा फारम मङ्सिरसम्म भरिएनन्

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 11, 2020
  • 7:55 AM
  • No Comments
भित्र राष्ट्रिय, शिक्षा
190 2
A A
Share on FacebookShare on Twitter

शुक्रबार, २६ मङ्सिर, २०७७

काठमाडौँ / विद्यमान शिक्षा नीतिविपरीत संसदीय समितिले निर्देशन जारी गरेपछि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) कसले र कहिले सञ्चालन गर्ने भन्नेमा अन्योल उत्पन्न भएको छ ।

अन्योलका कारण यस वर्षको एसइई परीक्षा पछि धकेलिने मात्र होइन, शैक्षिक सत्र नै परिवर्तन हुने अवस्था उत्पन्न भएको छ ।

सरकारले परीक्षा सञ्चालनबारे कुनै निर्णय गर्न सकेको छैन । एकातिर कोरेना जोखिम बढ्दै जानु र अर्कोतिर सरकारी नीति र निर्देशनमै बेमेल हुनुले एसइईको भविष्य अन्योल बनेको हो ।

एसइई परीक्षा कसले सञ्चालन गर्ने भन्नेबारे समयमा निर्णय हुन नसक्दा पाँच लाखभन्दा बढी विद्यार्थीको शैक्षिक भविष्य प्रभावित भएको हो । समयमा निर्णय अभावका कारण परीक्षा सञ्चालनको तयारीमै ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

विगत वर्षहरूमा चैत पहिलो साता सञ्चालन हुने एसइईको परीक्षाका लागि भदौमा विद्यार्थीले फारम भर्थे, मङ्सिरमा प्रश्न–पत्र बनाइन्थ्यो, पुसमा छपाइको काम हुन्थ्यो । तर यो वर्ष हालसम्म विद्यालयहरूले विद्यार्थीसँग परीक्षा फारमसमेत भराएका छैनन् ।

ज्ञानोदय माध्यमिक विद्यालय बाफलका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार एसइई परीक्षा सञ्चालनबारे केन्द्रले स्थानीय तह र स्थानीय तहले केन्द्रलाई देखाउनाले शिक्षा क्षेत्र नै लथालिङ्ग बनाएको छ ।

‘परीक्षा बोर्डको निर्देशन नआएकोले हामीले विद्यार्थीसँग परीक्षा फारम भराएका छैनौँ,’ प्रधानाध्यापक महर्जनले भने, ‘परीक्षा कसले लिने भन्नेबारे अझै कुनै टुङ्गो लागेको छैन । सरोकारवालाहरूले समयको दबाबबारे ध्यान नदिँदा २०७७ को एसइई अन्योलग्रस्त बनेको छ ।’

सरकारले २०७६ सालको एसइई परीक्षा कोरोनाका कारण बाधा अड्काउ–फुकाउको रूपमा स्कुलमै सञ्चालन गर्न अनुमति दिएको थियो । तर यो वर्ष राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय, प्रदेश वा स्कुलमध्ये कसले सञ्चालन गर्ने भन्नेबारे कुनै निर्णय भइनसकेकोले परीक्षा सञ्चालनमा अन्योल देखिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

उनका अनुसार बोर्डले एसइई परीक्षाबारे छिटो निकास दिन गत आइतबार सुझावसहितको पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई लेखी पठाएको छ । तर हालसम्म कुनै टुङ्गो भएको सूचना आएको छैन ।

शिक्षा नीतिले एसइई परीक्षा प्रदेश समितिले लिने व्यवस्था गरेको छ । संसदीय समितिले भने त्यस्तो जिम्मा स्कुललाई दिनुपर्ने निर्देशन जारी गरेको छ ।

नीति र समितिको निर्णयबीच देखापरेको यही अन्योलले सरकारी संयन्त्र निर्णय गर्नबाट चुकिरहेको हो । ‘बोर्डले २०७७ सालको परीक्षा कसले लिने, आगामी शैक्षिक क्यालेन्डर कहिले सुरु हुनेलगायत विषयमा पत्रचार गरेको छ,’ अध्यक्ष पौडेलले भने,‘स्कुललाई दिन कानुन नै बनाएर जानुपर्छ । मन्त्रालयले भने प्रदेशलाई दिने तयारी गरिरहेको छ ।’

हालसम्म विद्यार्थीले फारम नभरेकोले कुन विषयमा कति विद्यार्थी छन् निश्चित हुन सकेको छैन, जसका कारण प्रश्नपत्र बनाउन र मोडुलेसन गर्न समस्या भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

स्कुलले एसइई सञ्चालन गर्दा नेपाली विषयमा आठ सय विद्यार्थीको पूर्ण पूर्णाङ्क आउँदा परीक्षाको विश्वसनीयताबारे मन्त्रालयले निकै आलोचना खेप्नुपरेको थियो ।

शिक्षा ऐनमा कक्षा १० को अन्तिम परीक्षा प्रदेशले सञ्चालन गर्ने उल्लेख रहेको जनाउँदै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने‘स्कुललाई दिनुपर्दा शिक्षा ऐन नै संशोधन गर्नुपर्ने हुन्छ । हामी कोभिडका कारण कोर्स पूरा हुन नसकेको स्कुलहरूको गुनासो र बोर्डले एसइईबारे पठाएको पत्रमा मन्त्रालयले छलफल गरिरहेको छ । चाँडै निकास दिइनेछ ।’

प्रवक्ता शर्माका अनुसार विद्यार्थीको पठनपाठन पूरा नभएकाले एसइई परीक्षा जेठमा सार्नुपर्ने बहस समेत मन्त्रालयमा उठेको छ ।’ अगामी शैक्षिक सत्र जेठमा सर्ने सम्भावना छ,’ प्रवक्ता शर्माले भने, ‘मन्त्रालयले सरोकारवालाहरूसँग परीक्षाको विकल्पहरूमा छलफल गरिरहेको छ ।’

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023
सात लाख बढी कारोबार गर्नेहरुको सूची तयार पार्दै राष्ट्र बैंक
अर्थ / वाणिज्य

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

लागुऔषध तस्करी विरुद्द प्रहरीले थाल्यो सर्च एण्ड सिजर अपरेशन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In