सिद्धबाबालाई सफाइ दिने अदालत विरुद्ध पुनरावेदन गर्ने तयारी : जिल्ला सरकारी वकिल कार्यालय

काठमाडौ । बलात्कार आरोप लागेका सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको निर्णयविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने भएको छ । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अनुयायी बलात्कार आरोपमा यसैसाता जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो ।

सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै निवेदन दिए पनि आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेपछि पुनरावेदन गर्ने तयारी गरेको हो । जिल्ला अदालतले अभियोग दाबी पुष्टि हुने प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो । फैसलाको पूर्ण पाठ बढीमा १५ दिनभित्र आइसक्ने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुल निरौलाले फैसलाको पूर्ण पाठ आएपछि अध्ययन गरेर पुनरावेदन गर्ने बताए ।

सिद्धबाबाले आफूलाई छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि महान्यायाधिवक्ता कार्यालयमा पठाएको मुद्दाको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा फिर्ता नभएपछि पेसी सार्न माग गरिएको थियो ।

यता जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेर आपत्ति जनाएका हुन् । पीडित महिलाले पनि प्रधानन्यायाधीशको सचिवालयमा पुगेर न्यायका लागि याचना गरेकी छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.