पूर्वगाउँपालिका उपाध्यक्ष वडा सदस्यमा पराजित : शिवाकोटीको जिल्ला समन्वय समितिमा जाने बाटो पनि बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

८ जेठ, कमल : २०७४ को स्थानीय तह सदस्यको निर्वाचनमा झापाको कमल गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका नेकपा एमालेका बेनुप्रसाद शिवाकोटी यसपटकको चुनावमा वडा सदस्यमै पराजित भएका छन् ।

अघिल्लो पटकको चुनावमा लोकप्रिय मत ल्याएर पालिका उपाध्यक्षमा निर्वाचित भएका शिवाकोटी यसपटक भने आफ्नै वडा (वडा नं.६ ) मा वडा सदस्यमै पराजित भएका हुन् । नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि पहिलो पटक २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनमा शिवाकोटीले ९ हजार ४ सय १८ मत प्राप्त गरेर नेपाली काँग्रेसकी दीपा भण्डारी गौतमलाई पराजित गरी कमल गाउँपालिकाको उपाध्यक्ष बन्ने अवसर प्राप्त गरेका थिए । भण्डारीले ४ हजार ९ सय ९२ मत प्राप्त गरेकी थिईन् ।

शिवाकोटीले कमल गाउँपालिका –६ को वडा सदस्य पदका लागि १ हजार ४ सय २६ मत ल्याएर पराजित हुँदा खुल्ला सदस्यमा गठबन्धनकातर्फबाट उम्मेद्वार भएका नेपाली काँग्रेसका ओमप्रसाद पराजुलीले १ हजार ४ सय ३५ मतका साथ विजयी भएका छन् ।

कमल गाउँपालिकाको वडानम्बर –६ को वडाअध्यक्षमा नेकपा एमालेका नरेन्द्र भट्टराई विजयी भए । आफ्नै गृह वडामा शिवाकोटी वाहेक सवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिकाको उपाध्यक्ष भएका बखत कोभिड संक्रमणका समय कमलवासीहरुको समस्यामा मल्हम पट्टीको काम गर्न नसकेको, न्यायिक समितिको संयोजक भएर पनि कानुनको कार्यान्वयन गर्न नसकेको, असल जनप्रतिनिधि बन्न नसकेकोलगायतका निक्कै आरोप उनी माथि छ । त्यसैको उपहार वापत कमलवासीले शिवाकोटीलाई वडा सदस्यमा मत नदिएका कारण उनी पराजित भएको शिवाकोटीकै गृह वडाका वडावासीको भनाई छ ।

पाँच वर्षे कार्यकालमा जनचाहनाअनुरुप काम नगरेकाले जनताले नपत्याएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिको प्रमुख वा पदाधिकारीको रुपमा आउन खोजेका शिवाकेटीलाई वडा नं. ६ का मतदाताले सदस्य पदमै पनि पत्याएनन् । उनको यो हारसँगै उनी जिल्ला समन्वय समितिमा जाने बाटो पनि बन्द भएको छ । पाँच वर्षे कार्यकालको असफलताले नै सदस्य पदमै जनताले हराइदिएका छन् । ‘पाँचवर्षमा जनचाहनाअनुरुप काम नगर्दाको परिणाम नै शिवाकोटीको हार हो’ नाम नलेखिदिने शर्तमा एकजना मतदाता भन्छन् —‘ जनताको जनप्रतिनिधि बन्नु भएको भए अहिले पनि जित्नु हुन्थ्यो, सवै पदमा एमालेका उम्मेद्वारले जित्ने उहाँले मात्रै हार्ने, उहाँको आफ्नै कारणले हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.