जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

९ जेठ, जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् । सोमबार साँझ सकिएको मत गणना अनुसार उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत ल्याए । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाए ।

मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहे । उनले पाँच हजार १९४ मत पाए ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.