झापामा चालु आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको अवधिमा बलात्कारका १ सय ६ वटा घटना

बलात्कारका घटनाका २० जना अभियुक्त अझसम्म प्रहरी नियन्त्रण बाहिर

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ, मेचीनगर : चालु आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको अवधिमाझापामा बलात्कारका १ सय ६ वटा घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले यसलाई पुष्टि गर्दछ ।

जसमध्ये प्रहरीले ८६ जना अभियुक्तलाई पक्राउ गरेर कानूनी कार्बाहीको दायरामा ल्याएको जनाएको छ । १० महिनामा जाहेरी परेका बलात्कारका कुल घटनामध्ये सबैभन्दा बढी जबरजस्ती करणीका ७२ वटा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनाका ५६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही अवधिमा बालयौन दुरुपयोगका १९ वटा र जबरजस्ती करणी उद्योगका १३ घटना भएका छन् । बालयौन दुरुपयोगका १७ र जबरजस्ती करणी उद्योगका १० जना अभियुक्त पक्राउ परेको प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । जबरजस्ती करणी गरी मानव बेचविखन र अप्राकृतिक मैथुनका एक एक वटा घटना भएकोमा तीन जना अभियुक्त पक्राउ परेका छन् ।

बलात्कृत हुनेहरुमा चार वर्षीय बालिकादेखि ६० वर्षसम्मका वृद्धा समेत रहेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समय बालयौन दुरुपयोगका घटना बढेका छन् । बालिकाहरुमाथि भएका अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकीहरु अभियुक्त हुने गरेको अनुसन्धानले देखाएको प्रहरी प्रवक्ता पाठकको भनाई छ ।

यस्ता अपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिहरुको समेत संलग्नता देखिएको र जिल्लामा चेतनामूलक कार्यक्रम र प्रहरीको निगरानी बढाइएको भए तापनि बलात्कारका घटनामा कमी आउन नसकेको महिला अधिकारकर्मीहरुको भनाई छ । दश महिनामा भएका १ सय ६ वटा बलात्कारका घटनाका २० जना अभियुक्त अझसम्म प्रहरी नियन्त्रण बाहिर फरार नै रहेका छन् । प्रहरीले उनीहरुको खोजीकार्यलाई तीब्र पारेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.