तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनमा सहमति

A notice in Nepali from Mechinagar Ward No. 10

२३ जेठ, काठमाडौँ : बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भएको थियो।

यो छलफलमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको छ।

‘तत्काल मन्त्री परिवर्तन नगर्ने, अलि पछि गर्ने भन्ने कुरा भएको छ,’ बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले सेतोपाटीसँग भने।

संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि अहिले मन्त्री परिवर्तन नहुने बताएको छ। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने भन्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘एकीकृत समाजवादीबाट लिखित रूपमा नयाँ मन्त्रीका नाम पनि आइसकेको थिएन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.