पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

A notice in Nepali from Mechinagar Ward No. 10

२७ जेठ, काठमाडौँ : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर खसेको पहिरो हटाएपछि सडक खुलेको हो ।

बिहिबार पनि यहीँ गएको पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए ।

रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाइरहेको बेला शुक्रबार बिहान फेरि पहिरो खसेको थियो ।

अहिले बाटो खुले पनि फेरि पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.