संघीय र प्रदेशसभाको चुनाव मंसिरमा हुन्छ : अध्यक्ष दाहाल

A notice in Nepali from Mechinagar Ward No. 10

३० जेठ, काठमाडौँ : सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् । बर्दियामा आयोजित पार्टीको कार्यक्रममा दाहालले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताए ।

पार्टीको कार्यक्रममा सोमबार दाहालले कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको दाहालको भनाइ छ ।
‘अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ । गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कार्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ,’ उनले भने, ‘चुनाव मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ ।’

दाहालले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए ।

‘एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ । स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ । सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ । जे भएपनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ,’ उनले भने ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले भूमिका खेल्नुपर्ने दाहालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.