आइजी बढुवा विवादकाे मुद्दा हेर्दाहेर्दैमा, एआइजी बढुवाविरूद्धकाे रिटमा सकियाे बहस

A notice in Nepali from Mechinagar Ward No. 10

३० गते, काठमाडौँ : प्रहरीका महानिरीक्षक (आइजी) बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ।

धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते अन्तिम सुनुवाइ सुरु भएकोमा आज (सोमबार) का लागि अर्काे पेसी तोकिएको थियो। आज पनि सुनुवाइ नसकिएपछि सो रिट हेर्दाहेर्दैमा परेको हो।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा भएको सुनुवाइमा आज एकजना कानुन व्यवसायी मेघराज पोखरेलले पक्षबाट बहस गरे।

एआइजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठता तथा वरीयता मिचेर सिंहलाई आइजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बढुवाका लागि आफू योग्य भए पनि सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्थाविपरीत बढुवा गरेको जिकिर पोखरेलको रिटमा गरिएको छ।

साेही इजलासमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णयविरुद्धको रिटमा भने बहस सकिएको छ।

हाल आइजी रहेका धीरजप्रताप सिंह, अवकाशमा गइसकेका वसन्त पन्त र सेवारत रवीन्द्र धानुकलाई डिआइजीबाट एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध तत्कालीन डिआइजी (हाल अवकासप्राप्त) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश जंग कार्कीले दायर गरेका थिए।

साे रिटमा आज लीलामणि पौडेल र हरी उप्रेतीले पक्षबाट र भीमार्जुन आचार्य, टीकाराम भट्टराई, शम्भु थापा र तुल्सी भट्टले विपक्षबाट बहस गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.