बालकोटमा ओली र नारायणकाजीबीच अर्थपूर्ण भेटवार्ता

A notice in Nepali from Mechinagar Ward No. 10

३० गते, काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। आइतबार नेता श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए।

दुई नेताहरुबीच करिब दुई घण्टा कुराकानी भएको नेता श्रेष्ठ निकट माओवादीका एक नेताले बताए।

ती नेताले भने, ‘हिजो उहाँहरु बालकोट जानुभएको कुरा सत्य हो। तर उहाँहरूबीच केके बिषयमा कुराकानी भयो भन्ने हामीलाई जानकारी छैन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सहमतिमा नेता श्रेष्ठ बालकोट पुगेको ती नेताको बुझाइ छ।

स्थानीय तहको निर्वाचनका कांग्रेससँगको गठबन्धनबाट सोचेजस्तो नजिता प्राप्त हुन नसकेपछि एमाले माओवादीभित्र वाम गठबन्धनको चर्चा चलिरहेको छ। गठबन्धनमा रहेका दलहरूको तिव्र असन्तुष्टिका बीच ओली-श्रेष्ठ भेटले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.