नवनियुक्त ३ मन्त्रीले लिए शपथ

A notice in Nepali from Mechinagar Ward No. 10

२० असार, काठमाडौँ : सोमबार नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी हुन् ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रीहरुले शपथ समारोहपछि सोमबार नै सिंहदरबारमा आआफ्ना मन्त्रालयमा आई पदभार ग्रहण गरिसकेका छन् ।

जनता समाजवादी पार्टीले मन्त्रीहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषदमा पठाएको हो । जसपाले नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक अरु मन्त्रीलाई फिर्ता बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.