Wednesday, June 23, 2021
- बिज्ञापन -
गृह अन्तर्वार्ता / विचार / समीक्षाप्रलेस सुनसरीद्वारा दुई स्रष्टा सम्मानित

प्रलेस सुनसरीद्वारा दुई स्रष्टा सम्मानित

 सिएन गौतम 

२०७७ पौष ४, इटहरी । सुनसरीको इटहरी स्थित विश्व आदर्श कलेजमा प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरीले आज एक कार्यक्रम बीच दुई स्रस्टालाई सम्मान गरेको छ । स्रस्टा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा लामो समयदेखि प्रगतिवादी लेखनमा योगदान पुर्याउनु  भएका इनरुवाका डम्बरबल्लभ भण्डारीलाई प्रलेसको तर्फबाट नगद रु .११ हजार १ सय ११ को पुरस्कारले सम्मान गरेको छ ।

त्यसैगरी ब्लाष्ट दैनिकका प्रधान सम्पादक तथा साहित्यकार राजकुमार कार्कीको नाममा स्थापना भएको “प्रगतिशील युवा साहित्यिक पुरस्कार”बाट इटहरीका पत्रकार तथा साहित्यकार श्रीशीशा राईलाई नगद रु ५ हजार ५ सय ५ ले सम्मान गरेको छ । कार्यक्रममा कथाकार टीका मिलनको ” राजवृक्षको हाँगो ” पुस्तक समेत विमोचन भएको छ । साहित्यकार टिकामिलन घिमिरेले लेखेको सो पुस्तक सोहि कार्यक्रममा विमोचन गरिएको थियो । पुस्तक माथि डाक्टर भीम खतिवडाले टिप्पणी गर्नुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रलेस प्रदेश १ का अध्यक्ष डा. देवी प्रसाद दुलालले कोरोनाको महामारीबीच पनि प्रलेस सुनसरीले सबै स्वास्थ्य प्रोटोकल व्यवस्था मिलाएर स्रष्टाको सम्मान गर्न सकेको भन्दै प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य, सुनसरी इन्चार्ज तथा संविधान सभाका सदस्य माननीय धर्म निरौला , नेकपा केन्द्रीय सदस्य निर्मल बराल, ब्लाष्ट दैनिकका कार्यकारी निर्देशक किशोर कार्की , वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण बिनोद लम्साल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

 

सुनसरी लगायत अन्य ठाँउबाट पाल्नुभएका स्थापित स्रष्टा , नव सर्जक , रङकर्मी, कलाकारहरु , प्राध्यापक ,विभिन्न संघ संस्थामा आवद्द व्यक्तित्व र पत्रकार लगायतको उपस्तिथी रहेको सो कार्यक्रममा राधा सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । साहित्यकार रमेश प्रसाद धमलाको सञ्चालनमामा प्रलेस सुनसरीका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु