काँकरभिट्टा । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित भइरहदा केपी शर्मा ओली नेतृत्वको नेकपाले आज केन्द्रीय समिति विस्तार गरी ११९९ सदस्यीय बनाएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा सम्पन्न बैठकले प्रधानमन्त्री समेत रहनु भएका ओलीको नेतृत्वमा नयाँ ५५६ जना सदस्य थप गरी केन्द्रीय समिति बिस्तार गरेको हो ।
ओली नेतृत्वको नेकपामा झापाबाट १० जना नयाँ अनुहार केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । झापामा कम्युनिष्ट आन्दोलनलाई तत्कालिन समयमा नेतृत्व गरेका ब्यक्तिहरुलाई केन्द्रीय समितिमा चयन गरिएको नेकपा झापा अध्यक्ष समेत रहनु भएका आज चयन हुनु भएका केन्द्रीय सदस्य चिन्तन पाठकले जानकारी दिनु भयो ।
केन्द्रीय समितिले नै महाधिवेशन आयोजक समितिको रुपमा समेत काम गर्ने गरी संख्या थप गरिएको नेकपा स्रोतले बताएको छ ।
ओली नेतृत्वको नेकपाले २०७८ मंसीर २ गतेदेखि ७ गेतसम्म महाधिवेशन गर्ने समेत आजैको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ ।
केन्द्रीय सदस्यमा चयन भएकाहरुका नामावली निम्नानुसार छ
- हरिचरण बानियाँ
- हरिचरण शिवाकाटी
- प्रेम गिरी
- अर्जुन राई
- एलपी साँवा
- मेनुका काफ्ले
- दिपक कार्की
- हरि राजबंशी
- देबेन्द्र दाहाल
- मनकुमार गौतम
- एकराज कार्की
- विमला विक
- सुमित्रा भण्डारी
- टीका बस्नेत
- जसमाया गजमेर
- ,हिरा थापा
- विश्व बराल