ओली नेतृत्वको नेकपाले ग¥यो केन्द्रीय समिति विस्तार

झापाबाट परे ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्य

काँकरभिट्टा । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर  माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित भइरहदा केपी शर्मा ओली नेतृत्वको नेकपाले आज केन्द्रीय समिति विस्तार गरी ११९९ सदस्यीय बनाएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा सम्पन्न बैठकले प्रधानमन्त्री समेत रहनु भएका ओलीको नेतृत्वमा नयाँ ५५६ जना सदस्य थप गरी केन्द्रीय समिति बिस्तार गरेको हो ।

ओली नेतृत्वको नेकपामा झापाबाट १० जना नयाँ अनुहार केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । झापामा कम्युनिष्ट आन्दोलनलाई तत्कालिन समयमा नेतृत्व गरेका ब्यक्तिहरुलाई केन्द्रीय समितिमा चयन गरिएको नेकपा झापा अध्यक्ष समेत रहनु भएका आज चयन हुनु भएका केन्द्रीय सदस्य चिन्तन पाठकले जानकारी दिनु भयो ।

केन्द्रीय समितिले नै महाधिवेशन आयोजक समितिको रुपमा समेत काम गर्ने गरी संख्या थप गरिएको नेकपा स्रोतले बताएको छ ।
ओली नेतृत्वको नेकपाले २०७८ मंसीर २ गतेदेखि ७ गेतसम्म महाधिवेशन गर्ने समेत आजैको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ ।
केन्द्रीय सदस्यमा चयन भएकाहरुका नामावली निम्नानुसार छ 

  • हरिचरण बानियाँ
  • हरिचरण शिवाकाटी
  • प्रेम गिरी
  • अर्जुन राई
  • एलपी साँवा
  • मेनुका काफ्ले
  • दिपक कार्की
  • हरि राजबंशी
  •  देबेन्द्र दाहाल
  • मनकुमार गौतम
  • एकराज कार्की
  • विमला विक
  • सुमित्रा भण्डारी
  • टीका बस्नेत
  • जसमाया गजमेर
  • ,हिरा थापा
  • विश्व बराल

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.