पशुपति आर्यघाटमा नेता गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

५ भाद्र, काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

आज (आइतबार) अपराह्न पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। सरकारले चाहेकाे अवस्थामा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्थाअनुसार गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको जनाइएकाे छ।

त्यसक्रममा नेपाल प्रहरीको एक टुकडीले गिरिकाे सम्मानमा अन्तिम सलामी दिएको थियाे। गिरिलाई उनका छोरा सन्तोष र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागबत्ती दिए।

पार्टी कार्यालय सानेपाबाट निस्किएको शवयात्रा पशुपति आर्यघाट पुगेसँगै गिरिकाे अन्त्येष्टि थालिएको थियाे। सादगी नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री एवं कांग्रेस सभापित शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, गृहमन्त्री बालकृष्ण खाण, अरु मन्त्रीहरू, सांसद, विभिन्न दलका नेता-कार्यकर्रता, शुभिचन्तक, सर्वसाधारण आर्यघाट पुगेका थिए।

क्यान्सर र निमाेनियाबाट पीडित गिरिको लिलतपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७५ वर्षकाे उमेरमा शनिबार राति ९ः३० बजे निधन भएको थियो।

गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए।

प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरिको निधनले नेपालको समाजवादी र लोकतान्त्रिक आन्दोलनका लागि ठुलो क्षति भएको भन्दै स्मरण भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.