योगेन्द्र उपाध्याय निरौंलाको साकेला गीत ‘काटिमा कुटी’ सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

९ भाद्र, काँकरभिट्टा : झापा काँकरभिट्टाका गायक तथा संगीतकार योगेन्द्र उपाध्याय निरौंलाको सुमधुर स्वरमा किराँत राई समूदायको मौंलिक गीत साकेला ‘काटिमा कुटी’ बिहीबार युट्यूब मार्फत सार्वजनिक भएको छ । यो गीतलाई गायक स्वयम्को युट्यूब च्यानल योगेन्द्र उपाध्यय अफिसियलबाट सार्वजनिक गरिएको छ ।
नेपालका चर्चित गीतकार डि.पी. खनालको रचना तथा गायक निरौंला स्वयम्को स्वर तथा संगीत रहेको गीतमा विष्णु अधिकारीको संगीत संयोजन रहेको छ ।
आकाश नेपालीको रेकर्डिङ्ग तथा मिक्सिङ्ग रहेको सो गीतलाई ओपल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको छ ।
पूर्वेली भाकाको यो गीत पूर्वी नेपालका किराँत राई समुदायले उभौंली र उधौंली पर्वमा धुमधानसँग नाच्ने र गाउने गर्दछन् ।

यो गीतलाई तलको लिङ्कबाट हेर्न र सुन्न सकिन्छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.