किरात राई यायोक्खा को ८ औं जिल्ला अधिवेशन सम्पन्न : ३ खेलाडी सहित ६ जना सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

१८ भाद्र, मेचीनगर : किरात राई यायोक्खाको आठौं जिल्ला अधिवेशनको आवसरमा किरात समुदायबाट खेलकुद क्षेत्रमा योगदान पुर्याएका ३ जाना खेलाडी सहित अन्य विभिन्न क्षेत्रामा योगदान पुर्याएका महानुभावहरुलाई अभिनन्दन गरिएको छ ।

कार्यक्रममा नेपाली महिला क्रिकेट खेलाडी र बडिविल्डङका खेलाडीहरुलाई सम्मान गरिएको थियो । जसमा महिला क्रिकेट खेलाडीहरु संगीता राई र सवनम राई तथा बडिविल्डङका खेलाडी उमेश राईलाई सम्मान गरिएको थियो ।

 त्यस्तै कार्यक्रममा किरात राई यायोक्खाका संस्थापक केन्द्रीय उपाध्यक्ष जीतमान राई, प्रा.डा.पृथ्वीविक्रम राई र डा.शरदचन्द्र प्रकाश राईलाई अभिनन्दन गरिएको थियो ।

शनिबार मेचीनगर–६, काँकरभिट्टा स्थित मेची सामुदायिक भवनको हलमा आयोजित किरात राई यायोक्खाको ८औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै किरात राई यायोक्खा (किराया) का केन्द्रीय उपाध्यक्ष जीवन राईले १ नं. प्रदेशलाई ‘किरात प्रदेश’ बाहेक अन्य नाम स्वीकार्य नहुने बताएका छन् ।

उपाध्यक्ष राईले किरात प्रदेश वाहेक कोशी वा सगरमाथा प्रदेश हामीलाई स्वीकारीय नहुने बताएका छन् । यहाँको भुगोल, सभ्यता र इतिहासले पनि किरात प्रदेश उचित भएको उनको दावी छ ।

उनले आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको चुनावमा दलहरुले घोषणा पत्रमा किरात प्रदेश हुनु पर्छ भनेर नराखे भोट नहाल्न समेत निर्देशन दिएका थिए ।

‘किरात प्रदेश नामकरण नगरेसम्म हाम्रो पहिचानवादी आन्दोलन रोकिने छैन’, उपाध्यक्ष राईले भने–‘पहिचानवादी आन्दोलनलाई राज्यले जातियवादी आन्दोलन भनेर दवाउन खोज्यो । राज्यले पहिचानवादी आन्दोलनलाई स्वीकारेको अवस्था छैन । हाम्रो भाषा, संस्कृति, संस्कार र परम्परालाई जर्गेना गर्नपनि निरन्तर खवरदारी आवश्यक रहेको छ ।’

कार्यक्रमका विशेष अतिथि १ नं. प्रदेशकी सांसद राधा थापा अघिल्लो र अहिलेको प्रदेश सरकारले पनि प्रदेशको नामकरण गर्न नसकेको बताइन् । उनले किरात लिम्बुवान प्रदेश वा किरात प्रदेश जे भएपनि प्रदेशका नाम राख्न जरुरी रहेको बताइन् ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले प्रकृतिसँग रमाएर मानव जातिको विकासमा किरात समुदायको महत्वपूर्ण योगदान रहेको बताए ।

मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षणमा किरात समुदायको उल्लेखनिय योगदान रहेको बताइन् ।

कार्यक्रममा उपाध्यक्ष जीतमान, प्रा.डा.पृथ्वीविक्रम, डा.शरदचन्द्र प्रकाश, यायोक्खाका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष रामचन्द्र राई, आदीवासी जनजाती महासंघका झापा अध्यक्ष पाण्डुलाल चौधरी, मेचीनगर अध्यक्ष बालाजित राई, सल्लाहकार देवकुमार राई, भारत पश्चिम बंगालबाट किरात खम्बुका नेता मानबहादुर राई लगायतले किरातको संस्कृति र इतिहासका बारेमा चर्चा गरेका थिए ।

अधिवेशन सुरु हुनुअघि काँकरभिट्टा बजारमा झाँकीसहितको र्याली प्रर्दशन गरिएको थियो । कार्यक्रममा कलाकार नुमा राईले गीत तथा मेचीनगर र बिर्तामोडको टोलीले साकेला नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा झापाका राईहरुको इतिहास रहेको स्मारिका पुस्तक विमोचन गरिएको थियो ।

किरात राई यायोक्खाका जिल्ला अध्यक्ष इन्द्रमान राईको अध्यक्ष्तामा भएको उद्घाटन सत्रको स्वागत गणेश राईले र कार्यक्रमको सञ्चालन सचिव केवलराम राईले गरेका थिए । आजै बेलुका समापन हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.