२१ भदाै, मेचीनगर : पुजाकाे प्रसाद खाएपछि झापा मेचीनगरका ३५जना भन्दा बढी सिकिस्त भएका छन् ।
स्थानीयका अनुसार मेचीनगर- ६ काँकरभिट्टाका जनम थापा मगरकाे घरमा भएकाे पूजाकाे प्रसाद खाएका स्थानीय बिरामी परेका हुन् । बिरामीकाे उपचार डाक्टर पाेषण रमण त्रिपाठीले गर्नुभएकाे थियाे । प्रसाद खाएर बिरामी परेकाहरूलाई “फूटपाेईजन” भएकाे डाक्टर त्रिपाठीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार धेरैलाई वान्ता, झाडा पखाला हुने, ज्वराे आउँने र कमजाेरी भएकाे महशुस गर्ने लक्षण देखिएकाे छ ।
स्थानीय तेजस्वी र मनिषा पाेलिकिल्निक एण्ड डाईग्नाेनाेष्टिक सेन्टर मेचीनगरमा विरामीकाे उपचार गरिएकाे र त्यहाँ उपचार सम्भव नभएकालाई सुविधा सम्पन्न अस्पताल रेफर गरिएकाे डाक्टर त्रिपाठीले बताउनुभयाे । अहिले धेरैकाे आम्दा मेची अस्पताल धुलावारी र विर्तामोड रेफर गरिएकाे छ । बिरामी पर्नेमा अधिकांश बालबालिका र महिला छन् ।

कुन खानामा “पाेईजन” पर्याे त्यसकाे थप अनुसन्धान र परीक्षण भईरहेकाे स्वास्थ्यकर्मीकाे भनाई छ ।


























