Sunday, May 9, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारबुडाथोकी र मैनालीले ओलीको साथ छाडे

बुडाथोकी र मैनालीले ओलीको साथ छाडे

मेचीनगर, १२ पुस / १ नम्बर प्रदेश सभा सदस्य गाेपालचन्द्र बुडाथाेकी र श्रीप्रसाद मैनाली खुलेरै पुष्पकमल दाहाल प्रचण्ड , माधवकुमार नेपालकाे समुह नेकपामा लाग्नु भएकाे ।

झापाकाे निर्वाचन क्षेत्र नम्बर १ काे ख बाट बुडाथाेकी र क बाट मैनाली १ नम्बर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । निर्वाचित दुवैजना पूर्व नेकपा एमालेबाट हुनुहुन्छ । पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य सुरेन्द्रकुमार कार्कीले पनि प्रचण्ड -माधव समुहकाे नेकपालाई समर्थन गर्नुभएकाे छ । आइतबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ । ३७ जना सदस्यकाे हस्ताक्षर रहेकाे अविश्वासकाे प्रस्तावमा सदस्य बुडाथाेकीले २० र मैनालीले १९ नम्वरमा हस्ताक्षर गर्नुभएकाे छ । मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासी पात्र हुनुहुन्छ ।

गएकाे पुस ५ गते प्रधानमन्त्री ओलीकाे सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा संसद विघटन गरे पछि अहिले देशभर संसद् विघटनकाे पक्ष र विपक्षमा प्रदर्शन भईरहेकाे छ । अहिले प्रतिनिधि सभा विघटनकाे बाछिटा प्रदेशमा समेत परेकाे छ । यसअघि वागमती प्रदेशमा त्यहाका मुख्यमन्त्री डाेरमणि पाैडेल विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ भने प्रचण्ड -र माधव समुहका अधिकाँश मन्त्रीहरूले राजीनामा दिएका छन् । वागमती प्रदेशमा ओली समुह अल्पमतमा छ ।

 

समाचार स्राेतका अनुसार प्रदेश नम्वर १ का आर्थिक मामिला तथा योजना   मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले ओली समुहकाे विराेधमा उत्रिएकाे भन्दै शनिवार पदमुक्त गर्नुभएकाे थियाे । यसैगरी आइतबार १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग ,पर्यटन, वन तथा वातावरण राज्यमन्त्री  विजयकुमार विश्वास राजीनामा दिनुभएकाे छ । तीनै जना मन्त्री प्रचण्ड माधव समुहमा उभिनुभएकाे छ ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु