१४ असोज, काँकरभिट्टा : जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना प्रकाशित गरी झापा जिल्लाका अनुमति प्राप्त हात हतियार बुझाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले हस्ताक्षरित सूचनामा आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि झापा जिल्ला भित्र इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हात हतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात फिर्ता पाउने गरी यही कार्तिक ५ गते भित्र नजिकको प्रहरी कार्यलय मार्फत जिल्ला प्रशासन कार्यलयमा अनिवार्य बुझाउन आग्रह गरिएको छ ।
हेर्नुहोस् सूचना :


























