गठबन्धन दलको जिल्लास्तरीय संयन्त्रको संयोजकमा केशवराज पाण्डे

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असोज, बिर्तामोड : प्रतिगमन विरुद्ध संघर्षरत गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन  झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय संयन्त्र गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी र माओवादी केन्द्रका  संयोजक राजु आचार्य अग्नी सचिव रहनुभएको छ ।
समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट शेरबहादुर भट्टराई र कृष्ण हुमागाई, माओवादी केन्द्रबाट मोहन टुडु र कुवेर श्रेष्ठ, नेकपा एसबाट सविना भण्डारी र वि.पि. भट्टराई रहनुभएको छ । गठित समितिले  जिल्लाका सबै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा आइपर्ने समस्या र विविध विषयमा समन्वय र  समस्या समाधानका लागि कार्य गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.