मा सरस्वती एजुकेशन फाउण्डेसनमा तिहार विशेष कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

५ कार्तिक, मेचीनगर : मेचीनगर ९ स्थित मा सरस्वती एजुकेशन फाउण्डेसनले तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा आयोजित कार्यक्रमको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुडाथोकीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमको अवासरमा विद्यार्थीहरुले गायन कला, नृत्य कला, कविता, नाटक लगायत गायन तथा नृत्यका विभिन्न विधामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने तिहारको अवसरमा देउसी–भैली समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेशनल प्याबसन झापाका उपाध्यक्ष प्रेम शेर्मा लिम्बू, विशेष अतिथि नेशनल प्याबसन झापाका सचिव एवम् फाक्तालुङ्ग एजुकेशन फाउण्डेसन दुर्गापुरका प्रिन्सिपल ओम विक्रम लिम्बू, अतिथिहरुमा नेशनल प्याबसन झापाका सदस्य एवम् स्मारिका सामुदायिक स्कुल दमकका प्रिन्सिपल गुणराज गिरी, नेशनल प्याबसन मेचीनगरका अध्यक्ष भगिरथ राई, बालसुबोधनी माध्यमिक विद्यालयका प्रिन्सिपल विश्व थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुना मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालका शिक्षक विद्या वेघाको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक प्रधानाध्यापक दिपेन्द्र प्रधानले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.