सन्दीपमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा, अभियोगपत्र दर्ताको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

६ कार्तिक, काठमाडौँ : बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आइतबार अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ।

स्रोतका अनुसार प्रहरीले शुक्रबार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। सरकारी वकिल कार्यालय स्रोतले आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको बतायो।

‘अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार र दर्ताको काम सम्भवत आज सकिने छ’, एक अधिकारीले भने। आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ। सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो।

सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्।(नेपालप्रेसबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.