सिटौला र लिङ्देन चौथो पटक आमनेसामने

कस्लाई खुल्छ त प्रतिनिधिसभा संसद् भवनको ढोका

A notice in Nepali from Mechinagar Ward No. 10

१७ कात्तिक मेचीनगर: प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मंसिर ४ मा हुने निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ३ निक्कै रोचक देखिएको छ । जहाँ तीनवटा निर्वाचनमा आमने सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिष्पर्धामा उत्रिएका छन् । राजनीतिक विश्लेषकहरु भने यो क्षेत्रको चुनाव निक्कै प्रतिष्पर्धा र रोचक हुने अडकलबाजी गरिरहेका छन् ।

यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यकालागि सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री समेत बन्नु भएका कृष्णप्रसाद सिटौला तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट उम्मेदवार बन्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा हुनुहुन्छ । हुन त यो क्षेत्रमा अन्य साना दल र स्वतन्त्रगरी थुप्रै उम्मेदवार चुनावी मैदानमा छन् । तर, प्रतिस्पर्धा भने सिटौला र लिङ्देन दुईपक्षीयबीच हुने अनुमान गरिएको छ ।

२०४८ सालदेखि निर्वाचन क्षेत्रनम्बर ३ बाट निरन्तर चुनाव लड्दैं आउनु भएका सिटौलालाई पछाडी फर्केर हेर्दा चारपटक पराजित बन्नु पर्यो । २०४८, २०५१, २०६४ र २०७४ सालमा गरी चार पटक पराजित हुनु भएका सिटौलाका लागि बल्ल २०५६ र २०७० सालमा संसद्को ढोका खुल्यो । उहाँले ६ पटक चुनावी प्रतिष्पर्धा गर्दा दुई पटकमात्र परिणाम हात पार्न सफल हुनुभयो । काँग्रेसका सिटौला र राप्रपाका लिङ्देन २०५६, २०७० र २०७४ सालमा चुनावी मैदानमा आमनेसामने देखिनु भएकोथियो । उहाँहरु २०७९ मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा फेरि चौथो पटक आमने सामने हुनुहुन्छ ।

२०६२/२०६३ को राष्ट्रिय जनआन्दोलन सफल भए लगत्तै पहिलो पटक भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका पूर्णसिहं राजवंशीसँग सिटौला पराजित बन्नुभयो । त्यस्तै २०५६ सालमा पहिलो पटक निर्वाचन क्षेत्रनम्बर ३ बाट निर्वाचन शुरु गर्नुभएका लिङ्देन २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार बन्नु भएन् ।

२०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आउनु भएका उहाँलाई २०७४ सालको निर्वाचनबाट परिणाम हात पर्यो र संसद् यात्रा शुरु भयो । २०५६ सालको निर्वाचनमा सिटौला १७ हजार ५ सय ६९ मत प्राप्त गदैं विजयी बन्दा लिङ्देनले ५ हजार ६ सय २५ मतमा चित्त बुझाउनु परेको थियो । २०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३ सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो र लिङ्देन ९ हजार २ सय ५३ मतका साथ पराजित बन्नुभयो ।

तर, २०७४ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिटौलासँग लिङ्देनले बदला लिदैँ काँग्रेसका सिटौलालाई नराम्ररी पराजित गर्नुभयो । २०७४ सालमा नेकपा एमालेको समर्थनबाट उम्मेद्वार बन्नु भएका लिङ्देनले ४४ हजार ६ सय १४ मतका साथ विजयी भएर प्रतिनिधि सभा संसद् भवन छिर्ने अवसर प्राप्त गर्नुभयो । त्यसबेला उहाँको काँधमा राप्रपाको महामन्त्रीको जिम्मेवारी थियो ।

काँग्रेसका सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गर्नुभयो । अहिले पुनः दुवैजना चौथो पटक चुनावी प्रतिष्पर्धामा सँगसँगै हुनुहुन्छ । अहिले काँग्रेसका सिटौलालाई सत्तासाझेदार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको साथ रहेको छ भने राप्रपाका लिङदेनलाई एमालेले जुरुक्कै बोकेको छ । सिटौला र लिङ्देनले आफ्नो जीत सुनिश्चीत भनेर बताइरहदा दुवैको भाग्य र भविष्यको फैसाल मंसिर ४ गतेको निर्वाचन पछि ३ नम्बर क्षेत्रका मतदाताले गर्ने छन् ।

चिरपरिचित काँग्रेस नेता सिटौला र राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचनमा चौथो पटक आफ्नो प्रतिष्ठाको लडाई लड्दैं हुनुहुन्छ । यो प्रतिष्ठाको लडाई जीतेर को प्रतिनिधि सभा संसद् भवन प्रवेश गर्छ र को पार्टीकै काममा लाग्छ त्यो त भविष्यले नै देखाउँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.