यो निर्वाचन मुलुकलाई कता लैजाने भन्ने निर्णायक अभिमतको लडाईं हो : ओली

A notice in Nepali from Mechinagar Ward No. 10

२२ कात्तिक, काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले नाकाबन्दी लगाउँदा प्रवासका नेपालीले अन्तर्राष्ट्रिय जगतमा आवाज उठाएको स्मरण गरेका छन्। सोमबार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिका पदाधिकारीलाई बधाई दिँदै ओलीले नेपालमाथि भारतले नाकाबन्दी लगाउँदा प्रवासका नेपालीले अन्तर्राष्ट्रिय जगतमा आवाज उठाएकाले नेपालले स्वाभिमानका साथ नाकाबन्दी असफल पार्न सकेको स्मरण गर्दै धन्यवाद दिएका हुन्।

उनले यो निर्वाचन मुलुकलाई कता लैजाने भन्ने निर्णायक अभिमतको लडाईंका रुपमा रहेको बुझ्न आग्रह गरे। ओलीले भने, ‘यो निर्वाचन मुलुकलाई कता लैजाने भन्ने निर्णायक अभिमतको लडाईंका रुपमा रहेको बुझ्नु होला। स्वदेश र विदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीले देशहितमा रहेको एमालेका पक्षमा मतदान गर्न र गर्ने कुरामा सबैलाई प्रेरित गर्नु होला।’

ओलीले आफूलाई सानो देशको नागरिक नसम्झिई आफ्ना समस्याहरु उठाउन आह्वान गरे। पूर्वप्रधानमन्त्री ओलीले भने, ‘प्रवासी नेपाली मञ्चको कार्य समितिका सदस्यहरुलाई विश्वका जुन–जुन देशमा आफू रहनुभएको छ, त्यहाँ आफूलाई सानो देशको नागरिक नसम्झिई आफ्ना समस्याहरु उठाउने र जनप्रतिनिधिमार्फत् त्यस देशको सरकारसम्म पुर्‍याउनु होला।’

सोमबार साँझ पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित नयाँ कार्य समितिलाई बधाई र निवर्तमान कार्य समितिलाई बिदाई कार्यक्रममा अध्यक्ष ओलीले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई खादा र पार्टीका उपमहासचिव विष्णु रिमालले अवीर लगाई बधाई दिएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.