बझाङ केन्दबिन्दु भएर ५.४ रेक्टरको भूकम्प

A notice in Nepali from Mechinagar Ward No. 10

२६ कार्तिक, काठमाडौँ : बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५. ४ रेक्टर स्कलेको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । । स्थानीयहरु त्रासका कारण घरबाहिर निस्केर बसेका छन् ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५. ७ र राति ९ बजेर ५६ मिनेटमा ४. १ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर ६ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.