रवीन्द्र मिश्रको चुनावी घरदैलो कार्यक्रममा मनिषा कोइराला सहभागी

A notice in Nepali from Mechinagar Ward No. 10

२९ कात्तिक, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा कोइराला सहभागी भएकी छन् । काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मिश्रको चुनावी प्रचारमा अभिनेत्री कोइराला पनि सहभागी भएकी हुन् ।

मिश्रले सामाजिक सञ्जालमार्फत मंगलबारको चुनावी घरदैलो कार्यक्रम विशेष रहेको बताएका छन् । उनले घरदैलोमा सहभागी भएर समर्थन प्रदान गरेकोमा मनिषाप्रति आभार व्यक्त गरेका छन् ।

कोइराला नेपाल प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाकी नातिनी हुन् । बलिउड अभिनेत्री कोइराला चुनावको मुखमा काठमाडौं आएकी थिइन् ।

mishra1668494265.jpg

मंगलबार बिहान ७ः ३० बजेदेखि मिश्रसहित राप्रपाका नेता कार्यकर्तासँगै कोइराला बबरमहल क्षेत्रको घरदैलोमा सहभागी भइरहेकी छिन् ।  कोइरालाको नातिनीसमेत रहेकी कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वीपीको सिद्धान्तमा इमानदार रहेको दाबी गर्दै आएकी छिन्।

rabindra and manisha1668494265.jpg

राप्रपाले काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन समेत गरेकी कोइरालाले बीपीलाई सबैले बिर्सिएपनि राप्रपा र राजेन्द्र लिङ्देनले कहिल्यै नबिर्सेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.