आगलागीका कारण भक्तपुरमा एक जनाको मृत्यु

मध्यपुरथिमी नगरपालिका– ६ माथिल्लो कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको तीन तले घर जल्दा २५ वर्षीया छोरी अस्मिता कसीकाे मृत्यु भएकाे छ।

A notice in Nepali from Mechinagar Ward No. 10

३० कार्तिक, काठमाडौँ : भक्तपुरमा बुधबार बिहान भएको आगलागीमा एक जनाको मृत्यु भएको छ।

मध्यपुरथिमी नगरपालिका– ६ माथिल्लो कुण्डोलका आत्माराम केसी र हरिशरण केसीको तीन तले घर जलेकाे हो। आगलागीमा परेर घरभित्र रहेकी आत्मारामकी छोरी २५ वर्षीया छोरी अस्मिताको ज्यान गएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए।

सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको उनले बताए। आगलागीमा घाइते हरिशरणकी १४ वर्षीया छोरी नित्माको कोरियन अस्पतालमा उपचारपश्चात् डिस्चार्ज गरिएको छ।

आगो लाग्नुको कारण खुलिनसकेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.