कास्कीमा विद्या भट्टराईको दोस्रो जित

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, पोखरा : नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । भट्टराईले १६ हजार ९९८ मत ल्याउँदा कंडेलले १२ हजार ४९५ मत ल्याए ।

यहाँ गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले ३ हजार ९९३ पाए ।
भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी उपनिर्वाचनमा पनि विजयी भएकी थिइन्।

त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी भएकी थिइन्।

आसन्न निर्वाचनमा पनि उनका अगाडि चुनौती नभएको होइन । एकातर्फ सत्ता गठबन्धनका विपक्षमा लड्नुपर्ने र अर्कातर्फ स्वतन्त्र उम्मेदवारको बढ्दो मतको चुनौती उनका अगाडि थियो । तर पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उनी विजयी भए।

शान्त स्वभावले विपक्षीहरुको पनि मन जित्न सकेको उनका नजिकका राजनीतिकर्मीहरु बताउँछन् । किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उहाँले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा छन्।

अनेरास्ववियुको केन्द्रीय कमिटी सचिवको जिम्मेवारी पूरा गर्नुका साथै महिला, बुद्धिजीवी हुँदै पार्टीको केन्द्रीय विभागमा रहेर काम गर्नुभएका उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.