देउवालाई विश्वप्रकाशको प्रश्नः छैठौं पटक प्रधानमन्त्री हुँदा के चमत्कार हुन्छ ?

A notice in Nepali from Mechinagar Ward No. 10

१७ मंसिर, मेचीनगर : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई छैठौ पटक प्रधानमन्त्री हुँदा के चमत्कार हुन्छ ? भनेर प्रश्न गर्नु भएको छ ।
शुक्रबार रोटरी क्लब अफ काँकरभिट्टाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै झापा १ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएका शर्माले भन्नुभयो, ‘पाँच पटक प्रधानमन्त्री हुँदा नगरेको अब छैठौ पटक प्रधानमन्त्री हुँदा अब के चमत्कार गर्नु हुन्छ सभापति ज्यु ?’ वर्तमान प्रधानमन्त्री समेत रहनु भएका देउवालाई लक्षीत गर्दै शर्माले भन्नुभयो, ‘एउटा मान्छे आफ्नो जीवनकालमा कति पटक प्रधानमन्त्री हुने ?’

शर्माले भन्नुभयो, ‘आफु पाँच पटक प्रधानमन्त्री हुँदा हाम्रा सभापतिले ५४ वर्षसंगै राजनिति गर्नु भएका रामचन्द्र पौडेललाई एक पटक पनि तपाई हुनुहोस भनेर अगाडि सार्नु भएन तर अब त्यस्तो हुदैन, म प्रधानमन्त्रीका लागि गगन थापालाई प्रस्ताव गर्छु र सबैको सहमति जुटाउन पहल पनि गर्छु ।’
मैले रामचन्द्र दाईलाई पनि भनिसके, शर्माले भन्नुभयो, ‘अब गगनलाई प्रधानमन्त्री बनाउन भुमिका खेल्नुहोस ।’  राजनितिक परिवर्तनको एजेण्डा अब नरहेको भन्दै अब आफ्नो पुरै ध्यान सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुने शर्माले बताउनु भयो ।

रोटरी क्लबको कार्यक्रममा बोल्दै शर्मा

मंसिर ४ को आम चुनाव पछि सबैभन्दा ठुलो शक्ति भएको काँग्रेसको नेतृत्वमा अब बन्ने सरकारमा पनि प्रधानमन्त्रीका लागि देउवाले नै गर्ने मनशाय व्यक्त गरे पछि काँग्रेस भित्र देउवाको विकल्पका रुपमा महामन्त्री शर्माले अर्का महामन्त्री गगन थापाको नाम भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्नु भएको छ ।

सामाजिक रुपान्तरणका लागि संघ संस्थाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गोपाल तामाङले समाजलाई बलियो बनाउन र भाइचाराको सम्बन्ध स्थापित गराउन आफुले भुमिका खेल्ने बताउनु भयो ।

रोटरी क्लब अफ काकरभिट्टाका अध्यक्ष सुजन प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष मोहन निरौलाले धन्यबाद ज्ञापन गर्नु भयो थियो भने उदयकुमार श्रेष्ठले प्रतिनिधिसभा सदस्य शर्माको जीवनी पढेर सुनाउनु भएको थियो । रुद्र मैनालीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम सचिव भगिरथ राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.