Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

मेची मासु उत्पादक सहकारीद्वारा चरा खोज तथा संरक्षणकर्ता खरेलसहित ६ जना सम्मानित तथा पुरस्कृत

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 10, 2023
  • 4:13 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कृषि, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज, स्थानीय समाचार
188 2
A A
Share on FacebookShare on Twitter
मेची मासु उत्पादक सहकारीद्वारा चरा खोज तथा संरक्षणकर्ता खरेलसहित ६ जना सम्मानित तथा पुरस्कृत

२६ पौष, मेचीनगर : विगत ६ वर्षदेखि निरन्तर चराको अध्ययन अनुसन्धानमा सक्रिय, चरा खोज तथा संरक्षणमा क्रियाशील देवेन्द्रकुमार ‘देवेन’ खरेललाई मंगलबार प्रतिभा सम्मान पुरस्कार प्रदान गरिएको छ । झापाको मेचीनगर ६ काँकरभिट्टामा रहेको मेची मासु उत्पादक सहकारी संस्था लिं झापाले संस्थाको १५ औँ वार्षिक साधारणको अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले नगद ५ हजार रुपैयाँसहितको प्रतिभा सम्मान पुरस्कार खरेललाई प्रदान गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा बनेको सम्मान तथा पुरस्कार नीति अनुसार विगतका वर्षहरुको ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएकोमा २०७७/०७८ मा नीति संशोधन गरी यसवर्षबाट प्रतिभा सम्मान गर्ने निर्णय भएको थियो । प्रतिभा छनौट समितिले मेचीनगर क्षेत्रलाई चरा पर्यटनसँग जोड्दै चरा खोज तथा संरक्षणमा लाग्नुभएका खरेलाई सम्मान प्रदान गर्न सिफारीस गरेको थियो ।

संस्थाले सोही अवसरमा शिवकुमार दर्जी, पदमलाल खनाल, गोमादेवि गुरागाईँ, नरमाया तामाङ्ग र ढिन्डा मुन्डालाई नगद २ हजार रुपैयाँ राशी र सम्मान पत्रसहितको ज्येष्ठ नागरिक सम्मान पुरस्कारबाट सम्मानित गर्यो । सबैलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड लेखा सुपरिवेक्षण समितिका संयोजक उप्रेती, जिल्ला सहकारी संघ, मेचीनगर समन्वय समितिका सचिव राजु दाहाल, संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईं लगायत अन्य अतिथिसहित संस्थाका विभिन्न पदाधिकारीहरले नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि उप्रेतीले सहकारीका सिद्घान्तलाई मध्यनजर गरी पहिलो प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्न सके खासै समस्या नआउने बताउनुभयो । उहाँले सहकारीका सिद्घान्तबाट बाहिर गएर संस्था सञ्चालन भए कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने भएकाले त्यसतर्फ सञ्चालकहरु बेलैमा चनाखो हुने स्मरण गराउनुभयो । संस्थाका सञ्चालक सदस्य र कर्मचारीबीच नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने र कर्मचारीले कहि कतै सानो त्रुटि गरे संस्थाप्रति बचतकर्ताको हेर्ने दृष्टिकोण फरक पर्ने भएकाले संस्थाका शेयर सदस्यहरुभन्दा बढि कर्मचारीहरुले संस्थाप्रति जिम्मेवार, अनुशासीत भएर लाग्नुपर्ने संयोजक उप्रेतीको भनाई छ । सरकारले सहकारीलाई देशको तीनखम्बे अर्थ नीतिमा समावेश गरेका कारण देशको अर्थतन्त्रमा सरकारी र नीजिक्षेत्रको भन्दा बढि योगदान सहकारीको रहेको बताउँदैं सरकारी,सहकारी र नीजिक्षेत्रले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गर्नुभयो ।

विशिष्ट अतिथि जिल्ला सहकारी संघ, मेचीनगर समन्वय समितिका सचिव दाहालले अब सबै सहकारीहरु एकआपसमा नफुटी काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले देशको अर्थतन्त्रमा खेलेको भूमिका कसैले पनि भुल्न नहुने भन्दैं सरकारले सहकारीकर्मी, सहकारी सञ्चालकहरुको भवना अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन सत्रमा संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईलेलगायतले बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष भगिरथ राईले उद्घाटन सत्रको सभापतित्व गर्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०७९ असार मसान्तको वासलात, पुँजी तथा दायित्व, सम्पति तथा जायजेथा, शीर्षक अनुसार निक्षेप कारोवार, निक्षेपको प्रकार र व्याज विवरण, शीर्षक अनुसाको कर्जा लगानीको अवस्था, कर्जाको प्रकार र व्याज विवरणलगायतका विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका विभिन्न योजनाहरु पुरा गर्नका लागि आवश्यक वित्तिय तयारीका लागि संस्थाले कारोवार गरिरहेको वित्तिय संस्था राष्ट्रिय सहकारी बैंकबाट २ करोड रुपैयाँ ऋण लिएर उत्पादनमुखी व्यवसायहरु सञ्चालन गर्ने समेत प्रतिवेदनमा उल्लेख छ । मासुजन्य उत्पादन तथा कृषि परियोजना अन्तर्गत सरकारका विभिन्न निकायहरबाट उत्पादनमा दिने अनुदानहरु संस्थागत ढंगमा पहलकदमी गरी परयोजना अनुदान समेत माग गर्ने संस्थाले लक्ष्य लिइएको छ । सदस्य राहत कार्यक्र, थप कुखुरा पालन तथा मेची मिट मार्टको बिक्रीकेन्द्र थप गर्ने, शेयर लाभांस वितरण, कर्मचारी तथा बजार प्रतिनिधि थप गर्नेलगायतका विषय प्रतिवेदनमा समेटिएको छ ।

लेखा सुपरिवेक्षण समितिका संयोजक दुर्गाबहादुर लुइटेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समितिले यसअघि संस्थालाई दिएको सुझाव पूर्ण र केही आंशिकरुपमा कार्यान्वयमा आएको उहाँको प्रतिवेदनमा उल्लेख छ । भाखा नाघेको कर्जा उठाउन सञ्चालकहरु मिहनत गरीररहेको प्रतिवेदनमा उल्लेख भए पनि विभिन्न ६ बुँदे सुझाव समितिले संस्थालाई दिइएको छ । लेखा समितिले उल्लेख गर्न चाहेका विवरण उल्लेख छ भने, हालसम्म पारिश्रमिकको व्यवस्था नभए पनि सञ्चालक अध्यक्ष, अन्य पदाधिकारी, समितिका संयोजक र सदस्यहरुलाई प्रतिबैठक दुईहजार पाँच सय बैठक भत्रा प्रदान गरिएको र मासिक जतिपटक बैठक सम्पन्न भएपनि बढीमा १ पटकको बैठक भत्ता उपलब्ध गराउने गरिएको उहाँको प्रतिवेदनमा उल्लेख छ ।

संस्था व्यवस्थापक अनिता गुरागाईँले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य भूवन सुब्बा, मखमली साकोसका संचालक सदस्य लक्ष्मी खनियाँ, आधुनिक साकोसका सचिव कमल थापा क्षेत्री, नकलन्दा साकोसका अध्यक्ष होमराज गुरुङ्ग, क्षेत्रिय होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, काँकरभिट्टा साकोसका उपाध्यक्ष राजु कार्की, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, क्षेत्रिय पशु क्वारेण्टाइन कार्यालयका प्रतिनिधि लिला मगरको आतिथ्यता रहेका कार्यक्रममा संस्थाका उपाध्यक्ष राजकुमार पराजुलीले शव्दमार्फत स्वागत गर्नुभएको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In