मुद्दाबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन सन्दीपलाई रोक

A notice in Nepali from Mechinagar Ward No. 10

२८ पौंष, काठमाडौँ : आफूविरुद्ध लागेको बलात्कार मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले रोक लगाएको छ । लामिछानेलाई बलात्कार अभियोगमा थुनामा राखेर मुद्दाको किनारा लगाउन काठमाडौं जिल्ला अदालतले दिएको आदेश बदर गर्दै उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहाइ गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘मुद्दाका वादी वा परिवारका सदस्य तथा मुद्दाका सन्दर्भमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुनै विचार, टिप्पणी वा धारणा व्यक्त गर्न रोक लगाइएको छ ।’

लामिछानेलाई विदेश जान रोकेको अदालतले राज्यलाई उनको पासपोर्ट रोक्का गर्न पनि आदेश दिएको छ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर जानुपरेमा उपत्यका प्रहरी वृत्त गौशालालाई पूर्वजानकारी दिन पनि आदेशमा भनिएको छ ।

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.