Thursday, May 6, 2021
- बिज्ञापन -
गृह राष्ट्रियबाघको चहलपहल बढेपछि बर्दिया निकुञ्जको राजमार्ग क्षेत्रमा राति दुईपाङ्ग्रे साधन चलाउन रोक

बाघको चहलपहल बढेपछि बर्दिया निकुञ्जको राजमार्ग क्षेत्रमा राति दुईपाङ्ग्रे साधन चलाउन रोक

काठमाण्डाै – पाटेबाघको आक्रमणमा परि महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हाे ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु