प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

२४ माघ, काठमाडौँ : प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि  स्थगित गरिएको हो।

सोमबारको बैठकमा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा सरकारले प्रदेशसभामा टेवुल गरेको  प्रदेश निजामति सेवाको गठन, सञ्चालन, र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यायदेश स्वीकृत गरियोस् भनि प्रदेश १ का सामाजिक विका मन्त्री बुद्धिकुमार राजभण्डारीले राखेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो।

मंगलबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पहिलो बैठकमा प्रदेशसभालाई सम्बोधन गरेका थिए। दोस्रो बैठकले प्रदेश प्रमुखलाई धन्यवादको प्रस्ताव पारित गरेसँगै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेश १ का सभामुख बाबुराम गौतमले जानकारी दिए।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले प्रदेश संरचना संघीयता कार्यान्वयनका लागि मुख्य आधार भएको बताए। उनले पहिलो प्रदेशसभाले थाति राखेको नामाकरणको विषय दोस्रो प्रदेशसभाले उच्च प्राथमिकतामा राखि सार्थक नामाकरण गर्न सफलहुने विश्वास व्यक्त गरे। संघियताको सफल कार्यान्वयन तथा  नागरिक मैत्री कानुन निर्माण गरी प्रदेशका नागरिककलाई सुख, समृद्धि र शुसासनको अनुभुति गराउन प्रदेशसभा र प्रदेश सभा सफल होस् भन्ने शुभकामना पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.