पृथ्वी जयन्ती तथा एकता  दिवस भव्य रुपमा मनाउन चर्चित अभिनेत्री मनिषा कोइरालाको अपिल

A notice in Nepali from Mechinagar Ward No. 10
काँकरभिट्टा  चर्चित अभिनेत्री मनिषा कोइरालाले  पुस  २७ गते  २९९ औँ पृथ्वी जयन्ती तथा एकता दिवस भव्य रुपमा मनाउन अपिल गरेकी छिन् ।

आज उनले ट्वीट गर्दै  ” आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौँ पृथ्बीनारायण शाहप्रति, पुस २१ गते दिउँसो १ बजे, होटल यलो प्यागोडामा पत्रकार सम्मेलन र पुस २७ गते सार्वजनिक कार्यक्रम सिंहदरबार अगाडि जाओं  ” भनेकी छिन् ।

कोइरालाले पत्रकार सम्मेलनको लागि तयार पारिएको निमन्त्रणा पत्र पनि पोस्ट गरेकी छिन् ।सो पत्रमा  २९९ औँ पृथ्वी  जन्म जयन्ती तथा एकता दिवस मूल समारोह समितिको  तर्फबाट पूर्व डिआइजी रमेश खरेल , समाजसेवी भरत बस्नेत  र  मनिषा कोइरालाको संयुक्त हस्ताक्षर समेत रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.