क्रिकेटर सन्दीप लामिछाने सहितको राष्ट्रिय टिम घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। घरेलु मैदानमा हुने विश्वकप लिग २ अन्तर्गतको नामिबिया र स्टकल्यान्डसँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई समेट्दै राष्ट्रिय टिमको घोषणा गरेको छ।

सन्दीपले झण्डै ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। गत भदौमा बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बनमा राखेको थियो। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप सशर्त धरौटीमा रिहा भएपछि क्यानले प्रतिबन्ध फुकुवा गरेको थियो।

घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि क्यानले १४ सदस्यीय टिम घोषणा गरेको छ। स्पिनर सूर्य तामाङले पहिलो पटक टिममा स्थान बनाएका छन्। गत महिना भएको नेपाल टि २० लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि सूर्यले राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

यस्तै टिममा ब्याट्सम्यान सन्दीप जोरा र भीम सार्की तथा अलराउण्डर कुशल मल्लले पनि पुनरागमन गरेका छन् ।

यता पछिल्लो समय नेपाली टिमका नियमित सदस्य रहँदै आरिफ शेख र अर्जुन साउद भने टिममा अटाउनन सकेनन्। उनीहरु दुवै वैकल्पिक खेलाडीको सूचीमा छन्। यो सूचीमा पहिलो पकट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल भएका प्रतिश जिसी र मौसम ढकाल छन्।

बन्द प्रशिक्षणमा रहेका फास्टबलर द्वय कमलसिंह ऐरी र किशोर महतोले भने टिममा स्थान बनाउन सकेनन्।

कीर्तिपुरस्थित टियू मैदानमा आगामी फेब्रुअरी १४ मा नेपालले नामिबियासँग खेल्नेछ। नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ भने तेस्रो खेल नामिबियासँग फेब्रुअरी १८ र अन्तिम खेल पुनः स्कटल्यान्डसँग फेब्रुअरी २१मा खेल्ने छ।

नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल , आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.