उपप्राध्यापक पदमा आवेदन खुलाउने तयारी गर्दै त्रिवि

करिब पाँच सय जना उपप्राध्यापकका लागि आवेदन खुला

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूले आफूहरूलाई करार गर्नुपर्नेजस्ता माग राखेर आन्दोलन गरिरहेका बेला त्रिविले उपप्राध्यापक पदमा आवेदन खुलाउने तयारी गरेको छ ।

यसपटक त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा एकैपटक उपप्राध्यापकका लागि आवेदन खुलाउने तयारी गरेको हो ।

त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले एक अनलाइनलाई दिएको जानकारी अनुसार त्रिविले छिटै करिब पाँच सय जना उपप्राध्यापकका लागि आवेदन खुलाउँदैछ।

‘खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्तिका लागि आवेदन गर्ने हाम्रो तयारी छ,’ उनले भने, ‘कहाँ कति प्राध्यापक रिक्त छन् त्यसको सबै जानकारी लिने काम भइरहेको छ । छिटै आवेदन खुलाइन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.