सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

A notice in Nepali from Mechinagar Ward No. 10

१४ फागुन, काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानकाे बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ।

सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछ । सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।
गत शुक्रवारको सुनवाइ खुल्ला इजलासमा गरिएको थियो । तर, आज सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए ।

लैंगिक हिंसासम्बन्धी मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सकिने प्रावधान छ । न्यायाधीशद्वयले बन्द इजलासमा सुनुवाइ गर्ने आदेश दिएपछि उपस्थित पत्रकार तथा अन्य व्यक्तिहरूलाई बाहिर निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.