कोशी प्रदेशमा आज आम हड्ताल

A notice in Nepali from Mechinagar Ward No. 10

२७ फागुन, काँकरभिट्टा : पहिचान सहितको प्रदेशको नामाकरणको माग गर्दै आज कोशी प्रदेशमा आम हडताल गरिएको छ । कोशी प्रदेशको नामाकरणसँग असन्तुष्ट पहिचानवादीहरूले आज आम हड्ताल गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।

चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा सवारीसाधन देखिएका छैनन् ।

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले  प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

धरान, इटहरी, दमक, विर्तामोड र काँकरभिट्टामा आन्दोलनकारी झण्डा र समूहसहित सडकमा उत्रिएका छन् । हड्तालका कारण पूर्वका शैक्षिक संस्थाहरु समेत ठप्प भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.