विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । केहि दिनअघि काठमाडौँमा प्रदूषण बढेपछि सतर्कता अपाउन र मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयले सुचना जारी गरेको थियो । अहिले काठमाडौँ बाहिर विराटनगरको अवस्था पनि त्यस्तै छ । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।

वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्न सक्छ । हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २.५’ र ‘पिएम १०’ स्केलमा पनि मापन हुने उनले बताए ।

उनका अनुसार चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको हो । ‘चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने बताउँदै उनले भने, ‘हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई गम्भिर असर गर्छ ।’

औद्योगिक सहरको रुपमा रहेको विराटनगरमा सवारी चाप पनि उच्च छ । प्रदूषित हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुको मात्रा बढी पाइने बताउँदै उनले भने, ‘धातुले श्वासप्रश्वासको माध्यमबाट शरीरमा पुगेर स–साना कोषहरु बन्द गर्न सक्छन् ।’ प्रदूषित हावाका कारण श्वासप्रश्वासको समस्यासँग सँगै अन्य गम्भिर रोग देखिनसक्ने उनले बताए ।

विराटनगर महानगरपालिकामा विकास निर्माण परियोजना र ६ लेन सडक निर्माण गर्दा सडक किनारमा रहेका सबै रुख काटिएका छन् । वातावरण सन्तुलन राख्न मद्दत गर्ने बोटविरुवा काटिएका कारण प्रदूषण बढ्दै गएको उनले बताए ।

वातावरण विज्ञ अधिकारीका अनुसार लकडाउनको अवधीमा विराटनगरमा प्रदूषणको मात्रा कम थियो । तर दैनिकी सामान्य अवस्थामा फर्किएसँगै हावा खतराको संकेतभन्दा माथि पुगेको उनको भनाइ छ । चिसो मौसम सुरु भएका कारण धुवा धुलो वायुमण्डलको तल्लो तहमा रहने उनले बताए ।

विराटनगरमा गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.