मलेसियाले टस जितेर पहिले ब्याटिङ रोज्यो

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, काठमाडौँ : एसीसी प्रिमियर कप अन्तर्गत मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । आजै मूलपानी क्रिकेट मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ ।

यस प्रतियोगितामा १० राष्ट्र सम्मिलित छन् । १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूह ए मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल जित्ने टिम एसिया कपका लागि छनोट हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते कीर्तिपुरमा हुनेछ ।

विश्वकप लिग २ मा नेपालले गत दुई महिनामा खेलेको १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुगेको थियो । त्यसमध्ये घरेलु मैदानमा खेलेका सबै ८ खेल जितेकाले पनि नेपाललाई प्रिमियर कपको बलियो दाबेदारका रूपमा हेरिएको छ । तर, नेपालसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओमान र यूएई पनि एसिया कपमा पुग्नका लागि बलियो चुनौती दिने हकदार टोली हुन् ।

सन् १९९६ मा सुरु भएको एसीसी ट्रफीदेखि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ । प्रिमियर कपअघिको प्रतियोगिता हो एसीसी ट्रफी । तर नेपालले एसीसी ट्रफीबाट कहिल्यै एसिया कपमा पुग्न सकेन । एसिया कप खेल्ने सपना पूरा गर्न यसपटक नेपालसामु हात राम्रैसँग खोल्ने उपयुक्त अवसर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.