सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२२ वैशाख, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो।

प्रतिनिधिसभा सांसदसमेत रहेका सभापति लामिछानेले भन्नुभयो, “आज हाम्रो केन्द्रीय समिति र संसदीय दलको बैठकले सार्वसम्मत रुपमा गरेको निर्णय सुनाउँन चाहन्छु। सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेका छौं।”

सरकारको समर्थन फिर्ता किन लिइएको हो भन्ने जिज्ञासामा उहाँले देशैभरीबाट प्राप्त जनताको म्याण्डेट अनुरुप प्रतिपक्षीमा रहने निर्णय प्राप्त भएको प्रतिक्रिया उहाँले दिनुभयो। “देशैभर दिएको म्याण्डेटले प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्णय प्राप्त भयो। भर्खर सुरु भएको पार्टीमा आन्तरिक काम नै धेरै गर्नुपर्नेछ”, उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.