जेठ १५, मेचीनगर : १५ ओैँ गणतन्त्र दिवसका अवसरमा साेमबार झापाकाे मेचीनगरमा “गणतन्त्र स्थापनामा प्रेसकाे भूमिका” विषयक अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।
विद्यार्थीभित्र रहेकाे दक्षता , क्षमता र प्रतिभा प्रष्फुटन गर्ने उद्धेशयले कार्यक्रम आयाेजना गरिएकाे हाे ।
प्रेस क्लव मेचीनगरकाे आयाेजनामा भएकाे कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए । सहभागी विद्यार्थीले नेपालमा गणतन्त्र स्थापना भए पनि जनताले गणतन्त्रकाे उपयाेग गर्न नपाएकाे र यसमा “वाच डक”कारूपमा खवरदारी गर्न नेपाली लाग्न प्रेसलाई आग्रह गरेका थिए । नेपाली जनताले चाहेकाे गणतन्त्र यस्तै खालकाे नभएकाे र साच्चैकाे गणतन्त्रकाे आभास नेपाली जनताले गर्न नपाएकाे विद्यार्थी वक्ताहरूकाे भनाई थियाे । गणतन्त्रकाे महत्व स्थानीय जनतालाई दर्शाउन नेपाली प्रेस लाग्नुपर्नेमा सहभागीकाे जाेड थियाे । गणतन्त्र संस्थागत हुन नसकेकाे भन्दैँ यसलाई संस्थागत गर्न पनि नेपाली प्रेस लाग्नुपर्ने उनीहरूकाे भनाई थियाे ।
क्लवका अध्यक्ष डम्वर बरालकाे सभापतित्वमा आदर्श माध्यमिक विद्यालयकाे सभाहलमा सम्पन्न प्रतियोगिताकाे प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी हाेमनाथ भण्डारीले उद्घाटन गर्नुभएकाे थियाे ।
उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य माेहनकाजी, क्लवका संस्थापक अध्यक्ष सन्ताेष आचार्य, पुर्व अध्यक्ष मुक्ति पाैडेल, सहभागी विद्यालयहरूका तर्फबाट बालसुबाेधिनि माविका प्रधानध्यापक विश्व थापालगायतले बाेल्नुभएकाे थियाे ।
साहित्यकार मिलनकुमार ढुङ्गाना मुख्य निर्णयककाे भूमिकामा हुनुहुन्थ्यो भने साहित्यकार भुवन सुब्बा खरेल, सञ्चारकर्मी हरिकृष्ण भण्डारी सदस्यकाे रूपमा हुनुहुन्याे ।
प्रतियोगितामा बालसुबाेधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएर नगद ३ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयाे ।
त्यसैगरी कविशिराेमणि माध्यमिक विद्यालयका उषा निराैला ३० दशमलव ३२ अंकसहित दाेस्राे र एभरेष्ट माध्यमिक विद्यालयका सन्ध्या कट्टेल २९ दशमलव ८४ अंकसहित तेस्रो भएर क्रमस २ हजार र १ हजार रूपैयाँ जित्नुभयाे । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा अधिकारी हाेमनाथ भण्डारीले पुरस्कार वितरण गर्नुभयाे ।
कार्यक्रमका सचिव देबु बानियाँले उद्घाटन सत्रकाे सञ्चालन र उपाध्यक्ष जीआर धितालले स्वागतसहित प्रतियोगिताकाे सञ्चालन गर्नुभएकाे थियाे ।

























