प्राधिकरणलाई महानगरको प्रश्न– नयाँ भवनको नक्सापास भएको छ/छैन ?

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनको नक्सापास भए/नभएको बारे स्पष्टीकरण मागेको छ ।

प्राधिकरणले काठमाडौं महानगरपालिका–९, सिनामंगलमा नयाँ भवन निर्माण गरेको छ । “काठमाडौं वडा नम्बर–९, सिनामंगलस्थित त्यहाँ प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम/कानुनबमोजिम निर्माण भएको छ/छैन ?,” स्पष्टीकरणपत्रमा उल्लेख छ ।

महानगरको सहरी व्यवस्थापन विभागले नक्सापास गरेको भए प्रमाण र नगरेको भए ३५ दिनभित्र नक्सापास गर्न भनेको छ ।

“नक्सापास भएको भए सोको प्रमाण र पास नभएको भए काठमाडौं महानगरपालिका कार्यालयको मिति २०८०/०२/०३ को राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचनाबमोजिम नक्सापास गर्नुहुन निर्देशानुसार अनुरोध छ,” उक्त पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.