भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग गर्दै प्रदर्शन गर्ने १६ जना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ :नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति दिने प्रयास नगर्न र अन्य दोषीहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

उक्त प्रकरणमा संलग्न मुख्य दोषीमाथि कारबाहीको माग गर्दै संसद् भवन अगाडि प्रदर्शन गर्ने १६ जना पक्राउ परेका छन्। मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हो।

समाजले बिहीबार संघीय संसद् भवनको ३ नम्बर गेटमा रहेको पानी ट्यांकीनजिकै प्रदर्शन गरेको थियो। उनीहरूले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्नसमेत माग गरेका थिए। प्रदर्शनमा नागरिक अगुवा कृष्ण पहाडीलगात सहभागी थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालत विचाराधीन छ। उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइ अदालतमा मुद्दा दायर भएकोमा १८ जना पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्।

अभियुक्तले उच्चपदस्थहरूको नामसमेत लिएकाले उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.