कक्षा ११ र १२ को नयाँ पाठयक्रम अनुसार अध्यापन गराउन सर्वोच्चको आदेश

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठयक्रम अनुसार अध्ययन/अध्यापन गर्न/गराउन निर्देशनात्मक आदेश दिएको छ ।

पुरानै पाठ्यक्रमलाई मान्यता अनुसार पठाइयोस् भनेर भागवता अर्याल समेत ७ जनाले दिएको रिटलाई सर्वोच्च अदालतले खारेज गर्दै न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको १० नम्बर बेञ्चको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

भागवता अर्यालसमेत ७ जनाले पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतको यो निर्णयले विद्यालय र विद्यार्थीमाथि रहेको अन्योल हटेको छ ।

सर्वोच्चमा रिट दायर भएपछि नयाँ पाठयक्रम पढने वा पुरानै पाठयक्रम बमोजिम पढने÷पढाउने भन्नेमा विद्यार्थी र विद्यालयहरु अन्योलमा थिए । झण्डै तीन दशकपछि कक्षा ११ र १२ मा नयाँ पाठयक्रम अनुसार पढाई हुँदैछ ।

सर्वोच्च अदालतका संञ्चार विज्ञ किशोर पौडेलले न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासले निर्देशनात्मक आदेश दिएपछि कक्षा ११ र १२ को पाठयक्रम सम्बन्धी अन्योल हटेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.