सुन तस्करी प्रकरणमा कतै प्रचण्डकै संलग्नता त छैन ? : शेखर कोइराला

A notice in Nepali from Mechinagar Ward No. 10

१८ साउन, काठमाडौँ : नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले १०० किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्ट जवाफ नदिएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सुन तस्करी प्रकरणमा स्पष्ट जवाफ नदिएकाले प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरे।

बरामद सुनको अनुसन्धानमा सीआईबीलाई संलग्नता नगराइनु,राजश्व अनुसन्धान विभागलाई मात्रै जिम्मा दिइनु र सुन बरामद हुनु साताअधि भन्सार कार्यालयको महानिर्देशक नवराज ढुंगाना प्रचण्डको पीए हुनुले थप आशंका उब्जिएको उनको भनाइ छ।

उनले भने,’सुन काण्डको अनुसन्धानमा सीआईबीलाई सहभागी गराइएको छैन। राजश्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गरिरहेको छ। सुन बरामद हुनु साताअघि भन्सार विभागको डीजी प्रधानमन्त्रीको पीए हुनुले थप आशंका उब्जिएको छ।’

सीआईबीलाई संलग्नता नगराइ महानिर्देशक ढुंगानाकै नेतृत्वमा सुन तस्करी प्रकरणमा अनुसन्धान हुँदा दोषी उम्कन सक्ने उनको भनाइ छ। भ्रष्टाचारका मुद्दामा ठूला मान्छेहरु मुछिएपछि अनुसन्धान बीचैमा रोकिने गरेको उल्लेख गरे।

उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण आउने र त्यसले सुन तस्करी प्रकरणको अनुसन्धान ओझेलमा पर्ने दावी गरे। नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरण सुन प्रकरण आएपछि सेलाएको जिकिर गरे।

उनले सुन तस्करी प्रकरणमा माथिल्लो ओहोदाको व्यक्तिको संलग्नता हुनसक्ने भएकाले घटनालाई थामथुम गर्न खोजिएको बताए। यस विषयमा पत्रकारहरूले गम्भीर भएर लाग्न आग्रह गरे।

केही नयाँ घटना आउने वित्तिकै नेकपा एमाले ,माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुट्नुले जनतामा थप आशंका उब्जिएको बताए।

लगातार सदन अवरुद्ध हुँदा राष्ट्रलाई निकै क्षति भएको भन्दै सत्तापक्ष र प्रतिपक्षीले गम्भीर भएर सोच्नुपर्ने बताए।

सुन तस्करी प्रकरणबारे सदनमा प्रमुख प्रतिपक्ष नेकपा एमाले,राप्रपालगायत दलहरूले जवाफ माग्दा पनि गृहमन्त्री र अर्थमन्त्रीले जवाफ दिएका छैनन्। राष्ट्र बैंकमा लगिएको सुन हालसम्म जोखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.