प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10

१८ साउन, काठमाडौँ : प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।

परिषद्‌बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदै छ । संविधानको प्रावधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गरिसक्नु पर्नेमा परिषद्ले ढिला गरी नियुक्ति सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.