चितवनमा सातवटा सवारी साधन ठोक्किँदा २० घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, चितवन : भरतपुर महानगरपालिका–९ टिकौलीको जंगलमा बिहीबार  शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन्। तीमध्ये सात जनाको अवस्था गम्भीर छ।

चितवन प्रहरीका अनुसार बिहान ११:४० बजेतिर अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएपछि ठूलो दुर्घटना भइको हो।

प्रहरीले अक्सफोर्ड कलेज बसका चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की, ३८ वर्षीय सुरेश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिका–१४ का मोहन तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.