आम्दानी बढ्दा समेत घट्यो नेपाल टेलिकमको नाफा

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : नेपाल टेलिकमले कर्मचारीको सेवा सुविधामा गर्ने खर्च आठ अर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्ष उक्त शीर्षकमा करिब सात अर्ब ३६ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको खर्च यस वर्ष बढेर आठ अर्ब ३३ लाख बढी भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गएको आर्थिक वर्षमा कम्पनीले कर्मचारीको सेवा सुविधामा करिब ६३ करोड ३६ लाख रुपैयाँ बढी रकम खर्चेको छ । त्यस्तै मर्मत सम्भारमा करिब ४४ करोड २९ लाख रुपैयाँ, बिक्री, मार्केटिङ तथा प्रवर्द्धनमा २४ लाख रुपैयाँ, प्रशासनिक तर्फ करिब १२ करोड ९१ लाख रुपैयाँले खर्च बढेको भए पनि नियामकीय शुल्क तथा नवीकरण दस्तुर तर्फको खर्च १० करोड ३३ लाख रुपैयाँले घटेको छ ।

आम्दानी बढ्दा समेत घट्यो कम्पनीको नाफा

तर पछिल्लो एक वर्षको अवधिमा कम्पनीको आम्दानी भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा कूल ४४ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ रहेको टेलिकमको आम्दानी आर्थिक वर्ष २०७९/०८० मा ४९ करोड ३६ लाख रुपैयाँले बढेर कूल ४४ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

जसमा ग्राहकलाई सेवा बिक्री गरेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ, वित्तीय अर्थात बैंकिङ ब्याजमार्फत सात अर्ब ७६ करोड ५१ लाख रुपैयाँ र अन्य १३ करोड ८१ लाख रुपैयाँ आम्दानी रहेको छ ।

यद्यपि ब्याज बापत प्राप्त हुने रकम वृद्धि भएकाले टेलिकमले आम्दानी बढ्न गएको देखिएको हो । यस अवधिमा टेलिकमको बैंकिङ ब्याज बापतको आम्दानी रकम एक अर्ब ८५ करोड ७७ लाख भन्दा बढीले बृद्धि भई सात अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

तर ग्राहकलाई दूरसञ्चार सेवा बिक्रीमार्फत कम्पनीलाई प्राप्त हुने आम्दानी भने भारी मात्राले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको दूरसञ्चार सेवा तर्फको आम्दानी करिब एक अर्ब ११ करोड ५९ लाख रुपैयाँले ओरालो लागेको देखिन्छ ।

तर आम्दानी भन्दा खर्च धेरैले वृद्धि हुँदा कम्पनीको नाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ४७ करोड सात लाख रुपैयाँ रहेको टेलिकमको खुद नाफा गत आर्थिक वर्ष २०७९/०८० मा भने ६६ करोड ६२ लाख रुपैयाँभन्दा बढीले गिरावट भएको छ ।

टेकपानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.