कोशीका सभाध्यक्षले अमर्यादित व्यवहार देखाएको भन्दै एमाले र राप्रपाद्वारा सदन बहिष्कार

A notice in Nepali from Mechinagar Ward No. 10

६ भदौं, विराटनगर : कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी राप्रपाले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै बुधबारको प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

बैठक सुरू हुने बित्तिकै राप्रपाका नेता भक्तिप्रसाद सिटौलाले कुर्सीबाट उठेर सभाध्यक्ष मन्सुरीले सोमबारको प्रदेशसभामा अमर्यादित व्यवहार प्रदर्शन गरेकाले बैठक बहिस्कार गरेको भन्दै सदन बाहिर निस्केका थिए ।

त्यसलगत्तै एमालेका प्रदेश सांसदहरू कुर्सीबाट उठेर एमाले प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्ष मन्सुरीले संविधानको धारा १८६ विपरीत सोमबारको बैठकमा मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावमा मतदान गरेकाले सदन बहिस्कार गरेको भन्दै एमालेका सबै सांसद सदनबाहिर निस्केका थिए । त्यसपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना नहुञ्जेलसम्म प्रदेशसभा बैठक स्थगित गरिएको घोषणा गरेका थिए ।

उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएको र उपचारका लागि बाहिर जानुपर्ने भएको भन्दै अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्न तोकेको सूचना प्रदेशसभा सचिवालयलाई दिएकी थिइन् ।

उक्त पत्रका आधारमा मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत लिने सभामा अध्यक्षता गरेका थिए । तर मतदान सकिएर मत सच्याउन दिएको समयसमेत समाप्त भएपछि अध्यक्षको आसनमा अध्यक्षमण्डलकी अर्की सदस्य माओवादीकी गीता तिम्सिनालाई बसाएर मन्सुरीले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.